Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मर्मस्पर्शी प्रेम कहानीमा रिजन थेबेको दमदार अभिनय


काठमाण्डौं / ताप्लेजुङ जिल्ला आम्बेगुदिन गा. बि. स. मा जन्म भई आफू सानै उमेर देखि गित, संगीत र नृत्य क्षेत्रमा रुचि राख्दै आएका रिजन थेबे हालसालै रिलिज भएको मर्मस्पर्शी आधुनिक गित ‘यहाँ घाउहरु’ मा राम्रो अभिनयका साथ देखिएका छन्। आज भन्दा १ बर्ष अगाडि मात्रमोड्लिङ करियर शुरु गरेका थेबे आफ्ना सम्पुर्ण साथीहरूको सर-सल्लाह र मायाले यहाँ सम्म आइपुगेको बताउछन् । उनले आगामी दिनमा पनि मोडलिङ क्षेत्रलाई नै निरन्तरता दिने बताउँछन् । युवा निर्देशक जसु याक्खाद्वारा निर्देसित यहाँ घाउहरु बोलको गित लोकप्रिय गायक बिनोद राईले गाएका छन् । निस्चल प्रेम राईको शब्द, संगित रहेको यो गितलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन् । यो मर्मस्पर्शी गितको भिडियो लभ स्टोरी शैलीमा निकै उत्कृष्ट बनेको छ। मुकेश हुमागाईको टिमले सुन्दर छयान्कन गरेको भिडियोमा रिजन थेबे लाई चर्चामा रहेकी मोडेल आयुशा लिम्बुखिम लगायत मौशमी, शशी, सुनाम र निमिशाले साथ दिएका छन् । यस भिडियोमा अमृत चपागाईको सम्पादन रहेको छ भने कविता तोलाङीको श्रृगार रहेको छ। यस भिडियोलाई बुढासुब्बा म्युजिक कम्पनीले आफ्नै युटयुब च्यानल मार्फत सार्बजानिक गरेको छ। भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget