Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रबासमा रहेका हिमाल खड्का को यो अवस्था (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । यति बेला नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा हिमाल खड्का को “जिउदो लास” आएको छ । बिशेष गरी आफ्नो घर परिवार छोडेर बाध्यताबस पर्देशिन पुगेका नेपालीहरुको यथार्थ भावले सजिएको यस गीतको म्युजिक भिडियोमा गायक राजेन्द्र भण्डारी र गायिका गीता देवीले दर्दनाक आमा छोराको भूमिका निर्वाह गरेर आम प्रबासीहरुको आँखाबाट आँशु चुहाउन बाध्य बनाएका छन् । भिडियोमा राजेन्द्र भण्डारी खाडी मुलुकमा आफ्नो काम सम्हालिरहेका हुन्छन्, सोहि क्रममा एक दिन उनि आफुले काम गर्ने बिल्डिंग बाट खसेर घाइते हुन पुग्छन् । यसरी घाइते हुन पुगेका राजेन्द्र अस्पतालमा बसेर मात्र आफ्नो आमाले विदेश नजाउ भनेको सम्झिरहन्छन् यता आमाको भूमिकामा रहेकी गीता देबीको पनि यस्तै हालतमा दिन बिताइरहेकी हुन्छिन् । माथि उल्लेखित भाव सायद काल्पनिक होला तर यस्ता घटना धेरै नेपालीहरुले भोगिरहेका छन् । त्यसैले पनि राज्यले स्वदेशमा नै युवा स्वरोजगारको सुव्यवस्था नगरिदिंदा दिन प्रतिदिन कयौं युवाहरु पर्देशिन बाध्य बनिरहेका छन् । यदि राज्य द्वारा आम युवा शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने हो भने धेरै नेपालीहरुले यस्तो पिंडा खेप्न पर्ने थिएन होला । प्रस्तुत गीतमा राजेन्द्र भण्डारी र गीता देवीको नै सुमधुर स्वर रहेको छ । हाल प्रबासमा नै रहेका हिमाल खड्काको यस गीतमा लय सजिएको छ । यस कारण पनि यो गीत हिमाल खड्का को नै यथार्थ जिबन घटनामा आधारित हुन सक्दछ । राजेन्द्र भण्डारीको शब्द सिर्जना रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, छायांकन सागर गौतम र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget