Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विद्युत् चोरीमा संलग्न १३ पक्राउ

विद्युत् चोरीमा संलग्न १३ पक्राउको लागि तस्बिर परिणाम

सुरुङ्गा (झापा), १४ वैशाख । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । 

विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् । उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोली र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् चोर्दाचोर्दै नियन्त्रणमा लिइएको बताइएको छ । 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको केन्द्र प्रमुखसमेत रहनुभएका सिंहले जानकारी दिनुभयो । उनीहरुलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ । 

प्राधिकरणले चालु आवकोे साउनदेखि हालसम्म विद्युत् चोरीमा संलग्न तीनसय ६२ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ जसबाट रु ३० लाख राजस्व सङ्कलन भएको केन्द्र प्रमुख सिंहले बताउनुभयो । रासस 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget