Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु


बर्दिया, २५ फागुन । गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एकजना युवकको मृत्यु भएको छ । बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो । गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृृत अशोक भण्डारीले बताउनुभयो ।


घाइते भएका नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जआसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारबारको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget