तेह्रथुम, २७ फाल्गुण । तमोर नदीसग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम अभाव भएको छ । जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुंगा, चुहानडा्डा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पन्चकन्या लगायत गाविसका तल्लो क्षेत्रका बासिन्दा खानेपानीको चरम अभाव झेल्दै आएका छन् । गाउमा रहेका पानीका मुहानहरु, धारा कुवा र खोली खोल्सी सुक्दै गएपछि यी गाविसमा वर्षेनि खानेपानी समस्या बढिरहेको छ । कतिपय गाविसका बस्तीहरुमा खानेपानी बोक्दैमा दिन बित्ने गरेको स्थानीय बासिन्दा बताउछन् । खानेपानी अभाव भएकै कारण यी गाविसबाट वर्षेनि बसाई सरेर जानेको संख्या समेत बढ्दो रहेको पाइएको छ । -
Post a Comment