Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उदयपुरमा ७ महिनामा राहदानीबाट झण्डै सभा करोड राजश्व संकलन

उदयपुर फागुन २४
 उदयपुरमा गएको सात महिनामा राहदानी वापत १ करोड २५ लाख ९४ हजार रुपैयाँ संकलन भएको छ । वैदेशिक रोजगारीमा राजनैतिक दलहरुको भूमिका बिषयक १ दिने अन्तरक्रिया कार्यक्रममा गएको साउन देखि माघ सम्मको तथ्याँक सार्वजानिक गरिएको हो ।
यो अवधिमा ३ हजार ३ सय ९० जनाले राहदानी बनाएका छन् । यस्तै राष्ट्रिय बाणिज्य बैँक शाखा गाइघाटको तथ्यांकअनुसार मासिक २९ देखि ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । जिविसद्धारा संचालिन सुरक्षित आप्रवासन (सामी) परियोजना उदयपुरको आयोजनामा भएको कार्यक्रममा सामी परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउका लागि गरिरहेको कामका बारेमा कार्यक्रम अधिकृत सोनाम राईले जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा सहभागी जिल्लाका नेताले वैदेशिक रोजगारीका कारण पीडित हुनेको संख्या बढिरहेको भन्दै उनीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्थानिय विकास अधिकारी गणेश प्रसाद दाहालले सामी परियोजनाले काम गरिरहेको भएपनि राजनीतिक दलको सहयोग उतिकै आवश्यक पर्ने बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget