Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

दशगजा मिचेर संरचना निर्माण सुरु


पथरी (मोरङ), फागुन २४ गते । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ । भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो ।
यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी संरचना भत्काएर जोगबनी भन्सारले त्यति नै पूर्वतर्फ सारेर संरचना निर्माण गरिरहेको छ । सो ठाउँमा हाल २२ बाई २० फीटको पक्की संरचना निर्माण भइरहेको छ ।
यसअघि विसं २०४४ सालमा समेत जोगबनी भन्सारले सो ठाउँमा पक्की संरचना निर्माण गर्ने प्रयास गरेपछि आफूहरुले रोक लगाएको वडा नम्बर २२ का तत्कालीन अध्यक्षसमेत रहिसक्नुभएका मुस्लिम मियाँले जानकारी दिनुभयो ।
जोगबनी भन्सारले उक्त ठाउँमा तीन दिनअघिदेखि नै संरचना निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकाय बेखबर झैँ थिए । सो विषयमा प्रतिक्रिया दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आफूले समेत सोमबार मात्र संरचना निर्माण भइरहेको थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो–“भन्सार प्रशासनसहित सरोकारवालासँग छलफलको पहल गर्छु ।”
जोगबनी भन्सारले सो ठाउँमा संरचना निर्माण गरेर सामान चेकजाँच गर्ने एक्सरे मेसिन राख्न लागेको बताइएको छ । भन्सार क्षेत्रमा सुरक्षाका अत्याधुनिक उपकरण राख्ने विषय दुवै पक्षका लागि सकारात्मक भए पनि दशगजा क्षेत्र मिचेर भइरहेको निर्माण कार्य अविलम्ब रोकिनुपर्ने स्थानीयको भनाइ छ । रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget