Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नारी दिवसको अवसरमा टेलिकमले ल्यायो आकर्षक अफर

काठमाडौ फाल्गुन २५– अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले बिभिन्न सेवाहरुमा अफर ल्याएको छ ।
टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवामा सहुलियत प्रदान गरेको छ ।

कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म कायम रहने जनाइएको छ ।

अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् ।

फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने नेपाल टेलिकमले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget