Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विपन्नलाई निःशुल्क उपचारका लागि सिफारिस


बनियानी (झापा), २७ फागुन ।
विभिन्न सात प्रकारका जटिल रोग लागेका चार सय २२ जना विपिन्न नागरिकलाई निःशुल्क उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गरेको छ ।
चालु आर्थिक वर्षको असार १७ गतेदेखि फागुन २३ गतेसम्म एक सय ८४ पुरुष र दुई सय ३८ जना विपन्न महिलालाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस गरिएको हो । जसमा दुई सय १३ जना क्यान्सरका रोगी छन् भने ५८ जना मिर्गौला रोगी रहेका छन् ।
त्यस्तै, एक सय १४ मुटु, हेड इन्जुरी एक, स्पाइनल इन्जुरी दुई, अल्जाइमर्स एक, पार्किन्सर्सका तीनजना रोगी रहेको कार्यालयले जनाएको छ ।
उनीहरुलाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस दिइसकिएको जनस्वास्थ्य प्रमुख मधुसुधन कोइरालाले बताउनुभयो । खानपान र परिवर्तित जीवनशैलीले पछिल्लो समय जटिल तथा दीर्घरोगको समस्या बढ्दै गएको कोइरालाको भनाइ छ ।
औषधि पसलबाट ‘एनएसएआइडी’ ग्रुपका औषधि आफैँ मागेर खाने गरेकाले मानिसमा मिर्गौलासम्बन्धी समस्या बढ्दै गएको उहाँले बताउनुभयो ।
यस्ता औषधिको सेवनले मिर्गौलामा असर गर्ने भएकाले स्वास्थ्य परीक्षणपछि मात्र औषधि सेवन गर्न र पर्याप्त मात्रामा पानी पिउन उहाँले सुझाव दिनुभयो ।
हाल झापाका स्वास्थ्य चौकीबाट निःशुल्क मिर्गौलाको जाँच हुँदै आएको कार्यालयले जाएको छ । सबै स्वास्थ्य चौकीमा मिर्गौला जाँचका लागि प्रयोग हुने किट पठाइसकिएको कार्यालयका स्टोरकिपर रमेश खतिवडाले जानकारी दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget