Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

किशोरीको रहस्यमय मृत्यु

महोत्तरी, २५ फागुन । महोत्तरी जिल्लाको पिपरा गाविसमा आज बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–५ बस्ने राजेन्द्र महासेठकी छोरी १७ वर्षीया काजलकुमारी महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार किशोरी महासेठ गएराति खाना खाएर सुत्न गएकीमा आज बिहान उनको शव झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाभन्दा छेउको कोठामा फेला परेको छ । 

किशोरी महासेठको घाँटीमा सलको पासो लागेको तथा उनी आफ्नो सुत्ने कोठामा नभई छेउको कोठामा झुन्डिएको अवस्थामा फेला परेकाले प्रहरीले किशोरीको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक अनुसन्धान सुरु गरेको छ । घटना रहस्यमय भएको भन्दै प्रहरीले किशोरी महासेठको मृत्युको कारणबारे स्पष्ट हुन सकेको छैन भने उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget