Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एक सय बढी टहरा भत्काइयो

गौशाला, २३ फागुन । महोत्तरीको जलेश्वर नगरपालिकाले आइतबार जिल्ला सदरमुकाम जलेश्वरभित्रका १०० बढी घरटहरा भत्काएको छ । नगरभित्रको बाटो फराकिलो बनाएको र पसलेले अतिक्रमण गरेको जग्गा खाली गराएको भन्दै जलेश्वर नगरपालिकाले नगरभित्रका १०० बढी पसल जथाभावी तोडफोड र भत्काउने काम गरेको पसलेले आरोप लगाएका छन् ।

यता नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो । यसरी नगरपालिकाले एकाएक व्यापारीको संरचना भत्काउन थालेपछि व्यापारीले नगरपालिकाको स्काभेटरलाई नगरपालिका कार्यालयकै अगाडि घेरेर सामान्य ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

व्यापारीले स्काभेटरमा तोडफोड गर्दा स्थिति तनावग्रस्त बनेपछि आईतबार साँझ सर्वदलीय समितिले नगरपालिका कार्यालय प्रमुख भानुभक्त बरालसँग वार्ता गरेका थिए । तर सो वार्ता निष्कर्षविहीन भयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget