Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्लटिङले ऐलानी जग्गा अतिक्रमण बढ्यो

दुलारी ९मोरङ०फाल्गुन २३ गते। जग्गा दलालहरुको मनपरी प्लटिङले सुन्दरदुलारी क्षेत्रमा सरकारी पैनी तथा ऐलानी जग्गाहरुको अतिक्रमण वढेको छ । सरकारी नियमको धज्जी उडाउँदै दुलारी क्षेत्रमा प्लटिङवालहरुले मनपरी हुन थालेको छ । इटहरी लगायतका शहरहरुमा जग्गा साधुरिदै जादा पछिल्लो समयमा दुलारी क्षेत्रमा जग्गा ब्यापारीहरु सल्वल्याउँन थालेका हुन ।

संघीय मामिला तथा स्थानिय बिकास मंत्रालयले मापदण्ड बमोजिम प्लटिङ कारोबार गर्ने नपाईने भए पनि दुलारी क्षेत्रमा मापदण्ड विपरीत प्लटिङ भईरहेको पाईन्छ । स्वीकृती नलिई जग्गा प्लटिङ कार्य गरेमा सो क्षेत्रमा खानेपानीको धारा जडान, बिजुली जडान सिफारीस र अन्य पूर्वाधार निर्माण नगरिने सरकारले निर्णय गरे पनि दुलारी क्षेत्रमा खोला नाला र पैनीहरु मिच्नेकाम ब्यापक वढिरहेको सामाजिक अगुवाहरुले वताएका छन ।

सुन्दरदुलारी क्षेत्रमा बसाइसराईको क्रम बढेपछि घरजग्गा कोरोवार गर्नेहरुको सख्या पनि बढन थालेको छ । घर जग्गाको कारोवार बढन थालेपछि जग्गाको मूल्य पनि आकासियको छ । उर्वर कृषिको लागि उपयुक्त जमिनको अत्यधिक मात्रामा व्यापारिक एवं औद्योगिक प्रयोग भइरहेका छन । खेतीयोग्य जमिनलाई जथाभावी रुपमा प्लटिङ गर्ने, विक्री वितरणगर्ने र प्लटिङ गरिएको जमिनमा आवश्यक मापदण्डको समेत ख्याल नगरी घर निर्माण गर्ने कार्य गरीरहेको भन्दै दुलारीकै भिम दाहालले सुन्दरदुलारी नगरपालीकामा उजुरी समेत हालेका छन । दुलारी क्षेत्रमा पैनीहरु मिच्ने क्रम ब्यापक भएको भन्दै सरकारी जग्गाको संरक्षण गर्ने भन्दै नगरपालीकामा उजुरी हालेका हुन ।

कृषि योग्य जमिन प्लटिङ हुन थालेपछि सार्वजनिक महत्वको चौर, पोखरी, नदीनाला वनजंगलहरु अतिक्रमण हुने समस्या देखा परिरहेका छन । बस्ती विकासको नाममा प्राकृतिक स्वरुप नष्ट पार्ने, कुलो र सार्वजनिक स्थलहरुलाई निकास बनाएर घरहरु बनाइएका छन । प्लटिङले खेतीयोग्य जमिनमा अन्धाधुन्द रुपमा निमाण कार्य भै रहेको र पैनीहरु मिच्ने काम तिब्र भएको कारण सरकारी पक्षलाई ध्यानआर्कषण गर्ने उजुरी हालेको दाहालको भनाई छ । जग्गा प्लटिङ गरी ग्राहकलाई बिक्री गर्ने भूमाफियाहरुको चलखेल बढेको छ ।

नगरपालिकाको र नगर विकास समितिबाट स्वीकृति नलिई अन्धाधुन्ध जग्गा बिक्री गरेका कारण अहिले घर बनाउनेहरुले न बाटोको सुविधा पाएका छन न विद्युत, न खानेपानी, न त ढलनिकास नै छ । यसरी विनास्वीकृति प्लानिङ गर्ने र नगरपालिकाले घरनक्सा पास गरिदिनाले भू–माफियाहरुको मनोबल बढेको सर्वसाधरणहरुको भनाई छ । सुन्दरदुलारी ६ स्थित नहर मिच्ने काम भएको भन्दै दुलारीकै दण्डी कशर कट्टेलले पनि दाहाल सँगै उजुरी दिएका छन । नहर मिच्ने कामलाई तत्काल रोक्नु भन्दै नगरपालीकामा उजुरी परेको हो । सार्वजनिक बाटोलाई कायम गर्र्नु पर्ने, ६ मिटर भन्दा कम चौडाई भएको बाटोमा ग्रेभेल,कालोपत्रे, विद्युत, खानेपानी, टेलिफोन जस्ता पूर्वाधार समेत प्लटिङमा हुनुपर्ने नगरपालिकाको नियममा भए पनि कार्यन्वय भने भएको छैन ।

यता सुन्दरदुलारी नगरपालीकाका कार्यकारी अधिकृत युवराज घिमिरेले सरकारी जग्गा अतिक्रमण वढीरहेको भने स्वीकार गरे । पछिल्लो समयमा दुलारी क्षेत्रमा अधिकांस प्लटिगं भईरहेको उनको स्वीकारोत्ती छ । नियन्त्रणको धेरै उपाय उपनाए पनि जग्गा ब्यापारीको अटेरी पनले समस्या आईरहेको छ उनले भने । सरकारी जग्गा अतिक्रमण भईरहेको विषयमा सार्वजनिक जग्गाको अभिलेख लिएर त्यसको संरक्षण गछौ उनले भने । पछिल्लो समयमा इटहरी तथा अन्य ठाउँको जग्गा जमिनहरु साधुरिदै गए पछि दुलारी क्षेत्रमा जग्गा प्लटिङ बढ्दै गएको उनको भनाई थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget