Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तराई बन्दका कारण जनजीवन प्रभावित, विहानैदेखि प्रदर्शन


सुनसरी, फागुन २५ । मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दका कारण आज दोस्रो दिन पनि मध्य पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दको प्रभाव पश्चिमी जिल्ला कपिलवस्तु, रुपन्देही र बर्दियामा पनि परेको छ । मोर्चाको बन्दका कारण यी जिल्लाको बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् भने यातायातका साधन संचालनमा आउन सकेका छैनन् । ती जिल्लामा बिहानैदेखि मोर्चाका कार्यकर्ता चोक चोकमा बसेर लाठीसहित प्रदर्शन गरिरहेका छन् । 
यसैबीच, सुनसरी प्रहरीले मंगलबार राति पूर्वबाट पश्चिम जाने ४ सय १० वटा गाडी र पश्चिमबाट पूर्वका लागि छुटेका ४ सय ८७ वटा गाडीलाई स्कटिर्ङ गरी सुरक्षित स्थानमा र्पुयाएको सुनसरीका एसपी पोषराज पोख्रेलले जानकारी दिए । मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको बिरोधमा बन्द आह्वान गरेका हुन् । उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाहीलगायत ६ बुंदे माग गरेका छन् । 
मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget