Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेकपा एमाले मेची महाकाली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा हुँदै

झापा २२ फाल्गुण । नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा हुँदैछन् । 

झापाको दमकदेखि अहिलेकेहिबेर पछि अघि बढ्ने अभियान अन्तर्गत मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । विराटचोकका सभालाई नेताहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्नुहुनेछ भने इटहरीमा नेता माधवकुमार नेपालले सम्बोधन गर्ने भट्टराईले बताउनु भयो ।

 हिजोदेखि ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित अभियान झापाको काँकडभिट्टाबाट सुरु भएको हो । चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुर्खेतमा पुगेर टुंगिने अभियान अन्तगर्तत पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा आमसभा, र्याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

 १० हजार स्वयंसेवक परिचालन हुने अभियानमा सबैजसो केन्द्रीय नेता सहभागी हुने र सबै नेतालाई पार्टी कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget