Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

होलीमा जबरजस्ती गर्नेलाई सार्बजनिक मुद्दा



रोशन पोखरेल विराटनगर फागुन २९
होलीमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सतर्कता अपनाएको छ ।सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै पूर्व क्षेत्रमा  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । पूर्वाञ्चलमा  मात्र होलीका लागि थप ठुलो सडख्यमा प्रहरीको टोलीलाई आफनो कमाण्डमा रहेको क्षेत्रमा अवान्छनिय गतिविधि हुन नदिनको लागी प्रहरी परिचालन गरिएको छ । होलीको समयमा मादक पदार्थ सेवन गरेर अपराध जन्य गतिविधि गरेको खण्डमा तत्काल नियन्त्रणमा लिने गरि प्रहरी युनिटलाई निर्देशन दिएको पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालयका मिडिया अफिसर सन्तोष निरोैलाले जानकारी दिनुभयो ।


त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ ।होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइन १०० मा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ ।मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ  । होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget