Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विश्व रेडियो दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, फागुन २ – छैटौं विश्व रेडियो दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भएपनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले झण्डै ६ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् ।
सबै जिल्लामा रेडियो स्टेशन सञ्चालनमा छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो ।
सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।
रेडियो दिवसको अवसरमा रेडियोका छाता संगठनहरुले विभिन्न कार्यक्रम गर्दैछन् । ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल बानले चितवनको सौराहमा र सामुदायिक रेडियो प्रसारक संघ अकोराबले काठमाडाैंमा कार्यक्रम गर्दैछन् ।  

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget