मोरङ, माघ २९ गते।
मोरङको लेटाङमा आगलागीबाट ग्वाली घर जल्दा अन्दाजी चार लाख बराबरको क्षति भएको छ। मोरङको लेटाङमा शनिबार दिउँसो आगलागीबाट अन्दाजी चार लाख बराबरको क्षति भएको छ। लेटाङ-भोगटेनी नगरपालिका ९ बस्ने भीम बास्तोलाको छोरा वर्ष ४ को राहुल बास्तोलाले आगो खेलाउनेक्रममा अचानक आगलागी हुँदा पराल राख्ने ग्वाली घर जलेको छ। आगलागीबाट काठ र टिनले बनेको ग्वाली जल्दा बास्तोलाको अन्दाजी चार लाख बराबरको क्षति भएको बताइएको हो। आगलागीबाट अन्दाजी चार लाख बराबरको क्षति भएको छ। आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा नियन्त्रणमा आएको छ।
Post a Comment