सिरहा, १ फाल्गुण । सिराहाको मिर्चैया—२ स्थित मल्हानियामा आज गोली प्रहार हुँदा एक जना घाइते भएका छन् । सिराहा मझौलीया—४ अरंगका २९ वर्षिय लालु खान माथि अज्ञात समुहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । खानको मिर्चैया अस्पतालमा उपचार भइरहेको हाम्रा संवाददाताले जनाएका छन् । खान ना ३८ प १३३४ नम्बरको मोटरसाइकलमा सवार थिए । तीन वटा मोटरसाइकलमा आएको अज्ञात समुहले उनिमाथी गोली प्रहार गरेको जनाइएको छ । गोली चलेपछि स्थानीयहरु त्रसित भएका थिए । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । -
Post a Comment