Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बुढासुब्बा गोल्डकप फुटबल आज देखि, उद्घाटन खेल संकटा क्लब र दुर्गापुर स्टिल बीच हुने


धरान, ५ फाल्गुण । १९ औं अन्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि धरानमा सुरु हुँदैछ । धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । फागुन १४ गतेसम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराए । 

योपटकको प्रतियागितामा संकटा क्लब, दुर्गापुर स्टिल फुटबल क्लब कोलकाता, काँकडभिट्टा ट्रेनिङ सेन्टर, रुपन्देही–११, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब नीलो, धरान फुटबल क्लब रातो, पोखरा फुटबल क्लब, युनाइटेड सिक्किम फुटबल क्लब र सशस्त्र प्रहरीको टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत् उद्घाटन खेल संकटा क्लब र दुर्गापुर स्टिल फुटबल क्लबीच हुनेछ । बढासुब्बा गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।  
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget