राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको फरक(फरक स्वाद लिन चाहने श्रोता दर्शकहरुको चाहनालाई ध्यानमा राखेर संगीत सरोबर डट कम को आफ्नै युट्युब च्यानल मार्फत लोक चन्द्र शाहशंकरको रोमान्चक लोक दोहोरी गीतको म्युजिक भिडियो ू पानी दिने कि ू भर्खरै सार्बजनिक गरेको छ । सार्बजनिक गरिएको गीतका प्रस्तुतकर्ता लोक चन्द्र रामेछापमा जन्मिएर नेपाली गीत संगीतको क्षेत्रमा संघर्स गर्दै अगाडी बढिरहेका कलाकार हुन् । उनले यस अगी ूमेरै मुटु , लगाएतका अन्य धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस पटक भने लोक चन्द्र को बजारमा आएको पहिलेको गीत भन्दा पृथक रहेको छ । उनि भन्छन् समयको चाल र श्रोता तथा दर्शकहरुको चाहना अनुरुप कलाकारहरु यस क्षेत्रमा अगाडी बढ्न सकेन भने उनीहरुको सांगीतिक यात्रा गन्तव्यहीन बन्ने रहेछ , त्यसैले गीतको शब्द सरल भएता पनि भिडियोलाई भने थोरै युवा वर्ग लक्षित गरेको छु , आशा छ सबैले मन पराइदिनु हुनेछ । ।।।।।। प्रस्तुत गितमा लय शब्द लोक चन्द्र शाह शंकर को नै रहेको छ भने स्वर पूर्ण कला बि।सी र लोक चन्द्र शाह शंकरको रहेको छ । प्रस्तुत गीतको भिडियोमा अभिनय प्रेम श्रेष्ठ शिल्प खड्का र जिबन लामाको रहेको छ भने छायांकन सुरेश काफ्ले , निर्देशन सुरेस काफ्ले र जोन गुरुङ त्यसै गरी सम्पादन भने सुरेस काफ्लेले नै गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post a Comment