मोरङ, माघ २२ गते।
मोरङको कोशीहरैचा-३ बस्ने बिन्दा उराउले संचालन गरेको कुखुरा फराममा शुक्रबार आगालगी भएको छ। राती १० बजे फारमाको विधुत सर्ट भई अचानक लागेको आगोले ७०० वटा कुखुराको चल्ला तथा दाना र औषधी समेत जल्दा अन्दाजी ३ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ। आगालगी प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Post a Comment