उदयपुर माघ २८ : गाईघाटमा जारी चौथो उदयपुर गोल्डकप फुटबलमा शुक्रबार घरेलु टोली उदयपुर– ११ र काठमाडौंको हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल थरुहट रंगशालामा दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ। यसअघि बिहीबार सम्पन्न उद्घाटन खेलमा संकटा क्लबले धरान फुटबल क्लवलाई ३—१ गोलअन्तरले हराएको थियो। आठ टोली सहभागी प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
उदयपुर गोल्डकप : अाज घरेलु टाेली र हिमालयन शेर्पा भिड्ने

Post a Comment