Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बिधुत बिस्तार गर्नेक्रममा करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते


मोरङ, माघ २३ गते।
मोरङको बुधनगर-३ स्थित किचक-पखरी रेल-बे लाईनमा बिधुत बिस्तार गर्ने क्रममा शनिबार करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनसरी छिटाहा-९ बस्ने राजनारायण मण्डल र चिमडी-८ बस्ने २१ वर्षिय राजेश सरदार रहेका छन्। करेन्ट लागेर गम्भीर घाइते भएक दुबैको उपचारकाक्रममा शनिबार साँझ ६ बजे कोशी अंचल अस्पतालमा मृत्यु भएको हो। साँझ ५ बजेतिर प्राधीकरणको रोहवरमा क्रेनमा बसेर बिधुत बिस्तार गर्दै गर्दा अचानक करेन्ट लाग्दा उनीहरुसहित चार जना घाइते भएका थिए। घाइतेहरुमा छिटाहा-९ बस्ने रामु मण्डल र काशी ठाकुर रहेका छन। घाइतेहरुको कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ। चारै जना स्थानीय ठेकेदार मार्फत दैनिक ज्यालादारीमा सो कामकालागी खटिएका थिए। प्रहरीले क्रेन चालकलाई अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget