Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

डोजरले किचेर विद्यार्थी घाईते, भिडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाई फायर

विराटनगर, १२ फागुन /महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत एक विद्यार्थीलाई क्याम्पस अगाडी डोजरले किचेर गम्भिर घाईते बनाएको छ ।
विराटनगर – १८ का १९ वर्षिय रुपेश यादववलाई आज बिहीबार दिउँसो डोजरले किचेर गम्भिर घाईते बनाएको हो ।
बिबियस दोस्रो वर्षमा अध्ययरत यादव पढाई सकेर घर जाने क्रममा सडक निमार्ण गर्दै गरेको डोजरले किचेको थियो । घाईते यादवको उपचार विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था चिन्ताजनक रहेको हस्पिटलले जनाएको छ ।
यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थीको भिडले डोजरमा आगजनी समेत गरेको मोरङ प्रहरीले जनाएको छ । समयमै आगजनी स्थलमा प्रहरी पुग्न सफल भएपछि डोजरको केही भाग मात्र आगजनी भएको थियो । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाई फायर समेत गरेको विद्यार्थीहरुको भनाई छ ।
यता विद्यार्थीहरुले डोजर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शनीमा उत्रिएका छन् । विराटनगरको रोडशेष चोकमा नाराबाजी गर्दै उनीहरुले नगर क्षेत्रको कलेज, स्कूलहरु समेत बन्द गराएका छन् । विद्यार्थीहरुले चालकलाई तत्काल कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा नाराबाजी गरिरहेका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget