सोलुखुम्बु, माघ २८ गते।
सोलुखुम्बुको चौरीखर्क-३ नाजीपुङ बस्ने दावा ग्याल्जेङ शेर्पाको घरमा बिहिबार राती आगलागी भएको छ। आगलागीबाट शेर्पाको ढुङा माटोले बनेको घर जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको छ।
चौरीखर्क- ३ स्थित शेर्पाको खाली रहेको घरमा राती २ बजेतिर अचानक आगलागी भएको थियो। आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा बिहान ५ बजेतिर नियन्त्रणमा भएको थियो।
Post a Comment