Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

स्थानीय नियका पुनर्संरचना आयोगको प्रतिवेदन जलाइयो


विराटनगर, माघ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन विराटनगरमा जलाएका छन् । मोर्चाका नेता कार्यकर्ताहरु विराटनगर बजार परिक्रमा गर्दै जलजला मोड अगाडि जम्मा भएर प्रतिवेदन मधेस विरोधी भएको भन्दै जलाएका हुन् ।


 जनसंख्याको आधारमा स्थानीय निकाय गठन गरिनु पर्ने आफूहरुको मागलाई वेवास्ता गरी प्रतिवेदन तयार पारिएको हुँदा आफूहरु बाध्य भएर प्रतिवेदन जलाउन सडकमा उत्रिएको सद्भावना पार्टीका केन्द्रिय सदस्य दिलीप धाडेवाले बताउनुभयो ।  जलजला मोड अगाडिको कोणसभामा धारणा राख्दै धाडेवाले आफूहरुलाई कुनै हालतमा पनि प्रतिवेदन अनुसारको स्थानीय निकाय मान्य नहुने बताउनु भएको छ ।


आयोगको प्रतिवेदनका आधारमा मधेस र मधेसी जनताको भावना विपरित गरिने स्थानीय निकायको निर्वाचन आफूहरुले बिथोल्ने सद्भावना पार्टीका मोरंग अध्यक्ष राधे कामतले बताउनुभयो । सो कोणसभामा संघीय समाजवादी फोरमका मोरंग अध्यक्ष राजकुमार यादव, तमलोपा मोरंगका अध्यक्ष मोहमद कादिर लगायतले आफ्नो विचार राख्नु भएको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget