Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सामूदायिक विद्यालयबाटै शिक्षा ऐनको उल्लघंन, जिल्ला शिक्षा कार्यालय मोैन



इनरुवा फागुन ८। विभागीय निर्देशनअनुसार माघ मसान्त सम्ममा शिक्षा ऐनको ८ औँ संशोधन २०७३ बमोजिम जिल्लामा विद्यालय व्यवस्थापन समिति गठन गराउन शिक्षा कार्यालयलाई निर्देशन दिएपनि सुनसरीमा भने त्यसको बेवास्ता गरेको पाईएको छ ।
जिल्ला शिक्षा कार्यालय सुनसरीले विभिन्न सामुदायिक विद्यालयहरुमा व्यावस्थापन समिति गठन गर्न पत्राचार गरेको तीन महिना बित्न लाग्दा पनि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

सहायक जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले दिएको जानकारीअनुसार सुनसरीमा रहेका १२ वटा श्रोत केन्द्रहरुमा हालसम्म श्रोत केन्द्र धरानमा रहेका समुदायिक विद्यालयहरुमा मात्रै सतप्रतिशत विद्यालय व्यवस्थापन समिति गठन भएको जानकारी दिए ।
श्रोत केन्द्रहरु बराहक्षेत्रमा ४, प्रकाशपुरमा ८, महेन्द्रनगरमा २, दुहवीमा १ बलाहामा १३, इटहरी ५, भिमनगरमा १०, भासिमा ८, छिटाहा १, भुटाहा २३ र पश्चिम कुशाहा श्रोतकेन्द्रमा २० वटा विद्यालयहरुमा व्यावस्थापन समिति गर्न बाँकी रहेको जिल्ला शिक्षा कार्यालय सुनसरीले जानकारी जनाएको छ ।
जिल्लामा रहेको कुल ३७९ सामूदायिक विद्यालय मध्ये अहिलेसम्म २७७ वटा विद्यालयमा मात्रै ब्यवस्थापन समिति गठन गरेको छ ।
विभागको निर्देशन अनुसार माघ मसान्तसम्ममा सबै विद्यालयमा ब्यवस्थापन समिति गठन गर्न नसक्नुमा विद्यालय निरिक्षक र स्रोत ब्यक्तिको कमी हुँदा समयमै जिम्मेवारी पुरा गर्न नसकेको खतिवडाले जानकारी दिए । उनका अनुसार जिल्लामा स्रोत केन्द्र १२ वटा रहे पनि विद्यालय निरिक्षक ५ स्रोत ब्यक्ति १२ वटा मात्रै रहेको र प्रत्येक विद्यालयमा व्यवस्थापन समिति गठन गर्दा विद्यालय निरिक्षक र स्रोत ब्यक्ति सहभागि हुनु पर्ने भएकोले समयको अभाव रहेको र समिति गठनमा सहमतिको लागि समय लाग्ने भएकोले पनि ढिला हुन गएको उनले बताए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget