Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता मिल्यो, आजैदेखि इन्धन ढुवानी सुरु


विराटनगर, १२ फाल्गुण । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता सकारात्मक भएको छ ।

आज बिहान भएको वार्ता मिलेसंगै मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । आजैदेखि पूर्वाञ्चलमा इन्धन ढुवानी सुरु गरीएको छ । केही दिनदेखिको ट्यांकर मजदुरहरुको आन्दोलनका कारण पूर्वमा इन्धनको अभाव देखिन थालेको थियो । नेपाल आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगरमा कार्यरत कर्मचारी र ट्याङकरका सह–चालक बिचको बिबादले उपभोक्ताले प्ट्रोलीयम पदार्थ सहज रुपमा पाउन सकेका थिएनन् । गत फागुन ८ गते ना ४ ख ४१५० नम्बरको ट्याङकरका सहचालक किरण बम्जन र नेपाल आयल निगम क्षेत्रीय कार्यालयका कर्मचारी भरतकुमार मण्डल बिच बिबाद भएपछी ट्याङकर चालकहरुले ईन्धन ल्याउन र खन्याउन छाडेका थिए ।

सहचालक बम्जनलाई तिन महिना आयल निगमको डिपो छिर्न नदिने कारवाही गरेपछी ट्याङकर चालकहरु आन्दोलीत भएका थिए । आजको वार्तामा सहचालक बम्जनलाई १५ दिन मात्र निगमको डिपो छिर्न नदिने कारबाही गर्ने सहमती भएपश्चात दुइपक्ष बीचको वार्ता मिलेको हो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget