Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विरामीको मृत्युभएपछि विजयपुर अस्पतालमा तोडफोड, चिकित्सक कारबाहीको माग


सुनसरी, फागुन १० । एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले आज धरानको विजयपुर अस्पताल तोडफोड गरेका छन् ।पेट दुखेपछि धरान–१७ रेल्वेबाट आफैं मोटरसाइकल चलाएर उपचारका लागि आएका ३० वर्षीय अमित जोशीको शल्यक्रियापछि आज बिहान २ बजे मृत्यु भएको थियो ।बिरामीको मृत्युपछि आफन्तले विजयपुर अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा तनाव सिर्जना भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।आफैं मोटरसाइकल चलाएर आएका विरामीको मृत्यु हुनुमा चिकित्सकको चरम लापरबाही भएको आरोप मृतकका आफन्तले लगाएका छन् ।उनीहरुले लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई हदैसम्मको कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।विजयपुर अस्पताल प्रशासनले भने शल्यक्रिया गरेकै कारण अमितको मृत्यु नभएको बताएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget