काठमाडौं, फागुन ९ – प्रधानमन्त्री पुष्पकमल दाहालले जतिसक्दो छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुने बताउनुभएको छ । सोमबार बिहान काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिको सुझाव प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले जतिसक्दो छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुने बताउनुभएको हो ।
केही दिनअघि आफूले फास्ट ट्रयाकको स्थलगत निरीक्षण गरेको भन्दै नेपालले आफैले बनाउन सकिने देखिएको पनि उहाँले बताउनुभयो । गएको पुस ७ गतेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सुझाव समिति गठन गरेको थियो ।
समितिले फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न गरेको हो । समितिका संयोजक डा. मीनबहादुर श्रेष्ठले प्रतिवेदनमा समय र खर्चको बचतका लागि पुरानो कम्पनीले बनाएको डिपिआर लिनु उपर्यक्त हुने, फास्ट ट्रयाक नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने, त्यसका लागि वार्षिक १० देखि २० अर्ब बजेटको व्यवस्था गर्न सकिने रसरकार आफैले कार्यालय स्थापना गरेर काम सुरु गर्नु राम्रो हुने विषय समेटिएको बताउनुभयो ।
Post a Comment