मोरङ, ४ फाल्गुण । मोरङको लेटाङमा रहेको ईलाका प्रहरी कार्यालयबाट आज एक जना कैदी फरार भएका छन् । मोटरासाईकलबाट पेट्रोल चोरी गर्ने क्रममा आगलागी भएपछि उनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको थियो । फरार हुनेमा लेटाङ ७ का २१ बर्षका किरण मगर रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । रातको समयमा ढोकाको ह्याण्डील फुटाएर उनी फरार भएको प्रहरी नीरिक्षक शैलेन्द्र कुमार यादवले जानकारी दिनुभएको छ । मगरलाई गत फागुन २ गते म्याद थप गरि एक हप्ता हिराशतमा राखेर अदालत पेश गर्ने तयारी प्रहरीको थियो । कैदी फरार भएपछि अहिले उनको खोजी कार्य तिब्र पारिएको प्रहरी नीरिक्षक यादबले जानकारी दिनुभएको छ ।
Post a Comment