Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

हतियार कैची प्रयोग गरी सर्वसाधारलाई घाइते बनाउने एक युवा प्रक्राउ

धरान, २० माघ / धरानको बीच बजारमा धारिलो हतियार कैची प्रयोग गरी सर्वसाधारलाई घाइते बनाउने एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ । धरानको व्यस्त बजार सिंहदेवी चौक, छाताचौकमा बाटोमा हिडिरहेका सर्वसाधारणलाई जथाभावि कैची प्रहार गरी घाइते बनाउदै हिड्ने अन्दाजी २२÷२४ बर्षका नाम नखुलेको युवालाई धरान प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेकोे छ ।
साझ ४ बजेको समयमा हातमा कैची बोकी जथाभावि कैचीले प्रहार गर्दा ६ जना घाइते भएका छन् ,। घाइते हुनेहरुमा धरान १६ का २२ बर्षीय सोम राई, धरान १५ का बर्ष २४ का विवेक लिम्बु, पब्लिक उच्च माविका शिक्षक धरान १४ विजयपुर निवासी ४० बर्षीय जीवन कोइराला, धरान १९ की सीताकुमारी लिम्बु,, दुलारी १ मोरङकी २६ बर्षीया ज्योति चौधरी, धरान ४का ३१ बर्षीय वच्चु ठाकुर रहेका छन् ।
उनीहरुलाई बाटोमा हिडिरहेको समयमा टाउको, कानको जर्नी लगायतका स्थानमा अन्धाधुन्ध कैची प्रकार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । नाम नखुलेका ती व्यक्तिलाई धरान ५ स्थित रहेको राजन मेडिकल हलबाट सर्वसाधारणले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । घाइतेहरुलाई नजिकै रहेको मेडिकल हलमा सामान्य उपचार गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनीहरुको अहिले प्रतिष्ठानकै आकष्मिक कक्षमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उपचारमा संलगन चिकित्सकहरुले बताएका छन् । प्रक्राउ परेका ती युवाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget