झापा, माघ २८ गते।
झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गौरादह नगरपालिका ५ बस्ने तुलसी दाहालको छोरा वर्ष १३ को नविन दाहाल रहेका छन्। दाहाललाई शनिबार बिहान स्थानीयले खोलामा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट टोली खटिगई घटना बारे अनुसन्धान शुरु गरेको छ।
Post a Comment