विराटनगर माघ १९
आफ्नो कला र गलाको सदुपयोग गर्न सबैलाई रहर हुन्छ, तर यो जमानामा आफ्नो कलालाई त्यति सजिलै बजारमा बिकाउन सकिदैन। यहि कुरा लाई चुनौती दिदै संगीत क्षेत्रमा आफ्नो छुटै स्थान बनाउन लागि परेकी नव गायिका शोभा अधिकारिले एक नया गीतको म्युजिक भिडियो भर्खेरै सार्बजनिक गरेकी छिन ।
चितवनमा जन्मिएकी सोभा अहिले काठ्माण्डौ मा बसेर पढाई संगै आफ्नो सपनाको संगीतलाई अगाडि बढाई रहेकी छिन िआफ्नो जीवनको पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गरिसकेकी उनले हालै “आई लाभ यु” बोलको आफ्नो दोस्रो म्युजिक भिडियो सार्बजनिक गरेकी हुन्।
सैलेन्द्र मोहन प्रधानको एरेन्ज रहेको उक्त गीतमा सब्द तथा कम्पोज स्वयं गायिका शोभाकै रहेको छ भने पिक स्टुडियो काठ्माण्डौले गीतलाई बजारमा ल्याएको छ । सो गीतको भिडियोलाई भक्तपुर तथा सुर्य्विनायकको रमणिय ठाउहरुमा शुटिङ्ग गरिएको छ भने सुरेश काफ्लेले छायांकन गरेका छन्। प्रेमभाब झल्किने भिडियोमा बिशाल सापकोटालाई देख्न सकिन्छ भने उनलाई गायिका शोभाले नै साथ् दिएकि छिन ।
हेर्नुस भिडियो :
Post a Comment