सप्तरी, माघ २८ गते।
सप्तरीको हनुमाननगर-७ मा शुक्रबार आफ्नै दाजुको धारिलो हतियार प्रहारबाट भाइ गम्भिर घाइते भएका छन्। हनुमाननगर -७ बस्ने ३० बर्षिय हंषराज सरबरियाले उनकै भाइ २६ बर्षिय जितेन सरबरियालाई घरायसी विवाद हुँदा राती १ बजे लाठी तथा बन्चरोले प्रहार गरेका थिए। बन्चरो प्रहारबाट टाउँकोमा चोट लागेका जितेनको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने दाजु हंषराजलाई इलाका प्रहरी कार्यालय हनुमाननगरले नियन्त्रणमा लिएको छ।
Post a Comment