Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापामा विद्युत चोरी गर्ने उपकरणसहित २३ जना प्रहरीको नियन्त्रणमा




 झापा पुस २१, । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन् । विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इ राजीवकुमार सिँहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमा जडित केही थान मिटरसमेत बरामद गरेको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ । रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ । उहाँका अनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर रु तीन हजारदेखि दुई लाख पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि विद्युत् चोरी गरेर राइसमिल सञ्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए । रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget