घरेलु मदिराका कारण व्यवसाय संकटमा

विराटनगर, पौष २६ गते । मदिरा व्यवसायी संघ मोरङको ९ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सोमबार सम्पन्न भएको छ । मोरङको सुन्दरदुलारीस्थित गोकुलम रिसोर्टमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद नेपालले पानसमा वत्ति बालेर गर्नुभएको थियो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मदिरा व्यवसायी महासंघका अध्यक्ष नेपालले मदिरा व्यवसायलाई व्यवस्थित गर्न महासंघले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभएको थियो । मदिरा व्यवसायलाई सम्मानजनक व्यवसायको रुपमा स्थापित गर्न लागेको उहाँको भनाई थियो ।

मुलुकको आर्थिक विकासमा मदिरा व्यवसायीको ठूलो भूमिका रहेको बताउँदै अध्यक्ष नेपालले व्यवसायीबाट उठेको राजश्वले विकास निर्माणका कामहरु भएको तथा कर्मचारीलाई तलव खुवाएको बताउनु भएको थियो । उहाँले मदिरा व्यवसायीको ठूलो योगदान रहेको भएपनि राज्यको हेर्ने दृष्टिकोण भने विभेदपूर्ण रहेको बताउनु भएको छ । व्यवसायीको एकतालाई जोड दिँदै अध्यक्ष नेपालले अवैध कारोवारीको बिगबिगीले गर्दा व्यवसाय संकटमा पर्दै गएको पनि बताउनु भयो । उहाँले घरेलु मदिरा नियन्त्रण गर्न सरकार उदासिन रहेको आरोप पनि लगाउनु भयो ।

मदिरा व्यवसायी महासंघका महासचिव विष्णु खड्काले मदिरा व्यवसाय मर्यादित हुँदै गएको बताउनुभयो । उहाँले महासंघले व्यवसायीको नेतृत्व अभिवृद्धिका लागि विभिन्न सेमिनार र अन्तक्र्रियाको आयोजना गरेको, खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँले मोरङबाट सहभागिता नहुँदा दुःख लागेको बताउनुभयो ।
मदिरा व्यवसायी संघ मोरङका सल्लाहकार अशोक अमात्यले व्यवसायी एकतामा जोड दिँदै व्यवसायलाई मर्यादित ढंगबाट सञ्चालन गर्न व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मेची अञ्चल प्रतिनिधि भरत चौलागाईंले मुलुकमा राजनीतिक अस्थिरताका वावजुद सरकारलाई राजश्व तिरिरहेकोबताउँदै विधिको शासन लागू गर्ने र प्रत्येक बोतलमा एक रुपैयाँकरको रुपमा तिर्ने हो भने ठूला–ठूला अस्पतालहरु बनाउन सकिने बताउनुभयो ।
मदिरा व्यवसायी संघ सुनसरीका अध्यक्ष रविन तामाङलेसंघ ९ औं वर्षमा प्रवेश गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

मदिरा व्यवसायी संघ दमक, झापाका प्रतिनिधि प्रेम पाण्डेले वार्षिक नवीकरणको प्रावधान गलत रहेको धारणा राख्नुभयो । उहाँले फर्म दर्ता गरेको मितिबाट वर्ष कायम गर्नुपर्नेमा साउन मसान्तलाई नै वर्ष कायम गरी कर तिर्न बाध्य हुनुपर्दा व्यवसायी मर्कामा पर्ने बताउनुभयो ।
होटल तथा मदिरा व्यवसायी संघ सिरहाका अध्यक्ष गंगा महतोले व्यवसायीलाई अवहेलनाको दृष्टिकोणले हेर्ने बताउनु भयो । उहाँले तोकिएको समयसम्म व्यवसाय सञ्चालन गर्न नदिएर प्रशासनले हेपाहा प्रवृत्ति अपनाएको भन्दै रोष प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा मदिरा व्यवसायी संघ मोरङका उपाध्यक्ष विनोद केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष अंशु बञ्जराको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका कानुनी सल्लाहकार जीवन सापकोटा र संघका महासचिव देवराज बानियाँले उद्घोषण गर्नुभएको थियो ।
सभापतिको आसनबाट बोल्दै संघका अध्यक्ष अंशु बञ्जराले व्यवसायीको एकताले नै संघ यहाँसम्म आइपुगेको बताउनु भयो । उहाँले घरेलु मदिरा नियन्त्रण गर्न प्रशासन निष्क्रिय रहेको आरोप लगाउनुभयो । यही रुपमा घरेलु मदिराको खुलेआम बिक्री वितरण हुने हो भने व्यवसाय धरापमा पर्ने बताउनुभयो ।
कार्यक्रममा मदिरा व्यवसायी संघ मोरङका संस्थापक अध्यक्ष डिल्लीराम शर्मा खतिवडा, पूर्व अध्यक्ष राजन पोखरेल, सल्लाहकार सुरेशमान श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रदीपकुमार गुप्ता, सचिव नगेन्द्र श्रेष्ठ, मुकुन्द महर्जन, सगरमाथा अञ्चल प्रतिनिधि सुनिल चौधरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघलाई सहयोग पु¥याउने उत्पादक कम्पनीहरुलाई पुरस्कृत गरिएको थियो। जसमा गोल्डेन ग्लोव लिकसर्् प्रथम, गोर्खा ब्रुअरी, दोस्रो र यति डिष्टिलरीलाई तेस्रो पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा उत्पादक कम्पनी, मदिरा व्यवसायीको समेत उपस्थिति रहेको थियो ।

Post a Comment