
विराटनगर, पौष २६ गते । अनाधिकृत रुपमा संचालन हुँदै आएका ट्याक्टरलाई तुरुन्त रोक लगाउनु पर्ने माग गर्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय मोरंगमा उजुरी गरेको छ ।
कृषि क्षेत्रको प्रवद्र्धनका लागि पाँच प्रतिशत भन्सार छुटमा ट्याक्टर भित्र्याउने गरेको तर अन्य प्रयोजनका लागि ट्याक्टर संचालन गरेकोमा फोरमले आपत्ति जनाएको छ ।
पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले उजुरीमा भन्सार सहुलियतमा भित्र्याएका ट्याक्टरले व्यवसायीक प्रयोजनमा ईटा, ढुंगा, गिटी, बालुवा ढुवानी गरेको बताउनु भएको छ । यसले वास्तविक किसानलाई मर्कामा पर्ने साथै टफिक व्यवस्थापनमा समेत असर पारेको बताउनु भएको छ ।

Post a Comment