Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भोलि फेरि बन्दको आव्हान


काठमाडौं ,पुस १९, । काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा बुधबार ९भोली० बन्द आह्वान गरिएको छ । बाटो फराकिलो बनाउने नाममा आफूहरुलाई उठिबास गराउन लागेको भन्दै २३ वटा उपत्यकाब्यापी सडक विस्तारपीडित संघर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरेका हुन् । सडक विस्तार गरिँदा आफ्नो घरहरुमा क्षतिपुगेको भन्दै विभिन्न सडक विस्तारपीडित संघर्ष समितिहरुले सडक विस्तारको विरोध गर्दै आएका छन् ।

मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै बाटो विस्तार अभियानलाई जनविरोधी गतिविधि भएको बताएका छन् । उपत्यका विकाश प्राधिकरणले बाटो फराकिलो बनाउने नाममा नगरपालिकाबाट नक्सा पास गरी सडकका दायाँ बायाँ बनाइएका रैथाने जनताका घर टहरा बिना मुआब्जा र क्षतिपूर्ति उठीबास गराउने काम गरेको उनीहरुको आरोप छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालादेखि शुरु भएको सडक विस्तार अभियानलाई अहिलेको सरकारले पनि ब्यापकता दिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget