Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तेह्रथुममा खाद्य मेला सञ्चालन हुने ।।



टिआर सुब्बा
तेह्रथुम, १८ माघ
परम्परागत पोसिला एवं स्थानिय खाद्य पदार्थको प्रबद्र्धन गर्ने उदेस्यका साथ तेह्रथुमको म्याङलुङ बजारमा पहिलो पल्ट खाद्य मेला सञ्चालन हुने भएको छ । आगामी माघ २२ र २३ गते स्थानिय टुढिखेलमा आयोजना हुने खाद्य मेलामा मेलाको साथमा स्थानिय जातजातिको सस्कृती झल्काउने झाँकि प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम समेत हुने आयोजक क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय बिराटनगरले जनाएको छ । आयोजक सस्थाले सदरमुकाम म्याङलुङमा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मेला मार्फत खानेबानी सुधारका लागी बिभिन्न क्षेत्रहरुमा उपलब्ध तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको बारेमा ज्ञान प्राप्त हुने सस्थाले जनाएको छ ।
खाद्य मेलामा खाद्य पदार्थहरुको विविधिकरण तथा पौष्टिक महत्व बारे पर्दशनी गराईदै जातजाती संग सम्बन्धीत परम्परागत जातिय खाना र सांस्कृतिक कार्यक्रम सहितका होमस्टे,होटल, खाद्य व्यावसायी लगायतको प्रदर्शनी रहेको क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय बिराटनगरका प्रमुख प्रमोद कोईरालाले बताउनुभयो । खाद्य प्रविधी तथा पोषणको क्षेत्रमा अनुसन्धान भएका खाद्य परिकारहरुको अभियानमुलक रुपमा प्रवद्र्धन पुग्ने अपेक्षा लिईएको यस खाद्य मेलाको अवशरमा व्यावसायिक विज्ञ एवं नविनतम खाद्य प्रविधी सम्बन्धी सुचना आदान प्रदान गर्दै खाने बानीमा परिवर्तनका लागी परम्परागत स्वच्छ तथा पोसिलो खाद्य पदार्थ बारे गोष्टीको समेत आयोजना गरिने कार्यलय प्रमुख कोईलाकाले जानकारी दिनुभयो ।
बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म अवलोकन गर्र्नेगरि व्यावस्था मिलाईएको मेला बाट विभिन्न जातजाती संग सम्बन्धीत परम्परागत खाद्य पदार्थ तथा पौष्टिक तत्वहरुको बारेमा सम्बन्धीत सरोकारवाला सुसुचित गराई यस संग सम्बन्धीत उद्यमी व्यवासायीहरुलाई आन्तरिक तथा बाह्य बजारको सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने अपेक्षा लिईएको आयोजक सस्था क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय बिराटनगरले जनाएको छ । ओखलढुंगा र बिराटनगरमा सम्पन्न भई सकेको यो खाद्य मेला सस्थाको कार्यक्रम अनुसार तेह्रथुममा भने तेस्रो चरणमा आयोजना हुन लागेको हो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget