
अध्यक्ष पदका प्रत्यासी रुपेश कोइराला र खुशिराज गौतम
विराटनगर, माघ १५ गते । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन मोरंगको कार्य समितिको निर्वाचन आज हुँदैछ । निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार अध्यक्ष पदमा तीन जना प्रत्यासी देखिएका छन् । अध्यक्षमा खुशीराज गौतम, रुपेश कोइराला र सीताराम कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवका प्रत्यासी दुर्गा र नागेश्वर
यसैगरी उपाध्यक्षमा राजकुमार राजवंी र जनकबहादुर पुरीको उम्मेद्वारी परेको छ भने सचिवमा दुर्गाप्रसाद पोखरेल र नागेश्वर सिंहको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा मुक्तिनाथ सुवेदी र नगेन्द्रबहादुर थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी सदस्यमा विकास थापा, सुचितकुमार चेल, रोशनकुमा गुप्ता, फिरोज आलम, जयन्तकुमार पौडेल, विनोद अधिकारी, मनोहर कोइराला, विनोद यादव, दिनेश खड्का, रविन्द्रकुमार चौधरी, भिष्मराज थापा र अन्जना संग्रौलाको उम्मेदवरी परेको छ । निर्वाचन आज दिउँसो साढे दश बजेदेखि पुनरावेदन अदालत बारमा हुँदैछ ।
Post a Comment