Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चोरलाई लखेट्दा चिर्पटले हानेर एकजनाको हत्या


मोरङ, पुस १८ – सुन्दरदुलारी-६ का ५७ वर्षका धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा चोरी गर्न आएको एक समूहलाई खेदाउने क्रममा चोरले हानेको चिर्पट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ । 
आइतबार राति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोल पम्प पुगेका ती चोरले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न दबाब दिएपछि उनी अब मरिने भइयो भनेर छतमा चढी हामफालेर चोर चोर भन्दै भागेपछि गाउँले पम्पतिर आउँदा ती चोरले गुरुङलाई प्रहार गरेका थिए । 
चोर समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याई सघन उपचार कक्षमा उपचार गरिएको भए पनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ । 
यसैगरी चोरी गर्न आएकामध्ये आफूलाई झापा जलथल निवासी भूपेन्द्र गिरी नाम बताउनेको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्थानीय गाउँलेले चारैतिर घेरेर कुटपिट गरिएका ती चोर समूहका गिरी थर बताउनेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरी निरीक्षक, मेघराज थापाले जानकारी दिनुभयो । 
पम्पमा भएको त्यो घटनामा प्रहरी ढिलो आएको र प्रहरीले स्थानीय बासिन्दासँग रुखो व्यवहार गरेको भन्दै स्थानीय बासिन्दाले दुलारी सडकखण्डमा चक्काजामसमेत गरेका छन् । रासस 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget