बारा, पुस १८ । बाराको पथलैया नजिक दुधौरा पुलमा आइतबार रातीे बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५४ जना घाईते भएका छन् ।
नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही चिसापानी गाविस १ बस्ने १८ वर्षीय रबिना बैजु र सोही गाविस ५ बस्ने १९ वर्षीय संदेश बस्नेत रहेका छन् ।
घाईते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
३५ जना अट्ने सिट क्षमता रहेको उक्त बसमा ८५ जना विधार्थी सवार रहेको हुँदा चालकले गती नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बसमा सवार घाईते कृष्ण योन्जनले बताइन् ।
घाइतेहरुको बिरगंज स्थित गण्डक हेल्थ केयर, विरगञ्ज हेल्थ केयर, नेशनल मेडीकल कलेज र सिमरास्थित तराई हस्पिटलमा उपचार भैरहेको छ ।
Post a Comment