Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रथम इन्डो नेपाल कार ¥याली विराटनगरमा हुने


विराटनगर माघ १० गते ।
विराटनगरमा आगामी माघ १६ गते प्रथम इन्डो नेपाल कार प्यालीको आयोजना गरिने भएको छ । भारतको सिलगुडिको ग्रेटर फेमिना र नेपालको लायन्स क्लव अफ डिस्ट्रिक ३२५ को संयुक्त आयोजनामा कार ¥याली गर्न लागिएको आज गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भारतको तर्फ बाट ६० वटा कारहरुलाई ¥यालीमा सहभागी गराइने जानकारी दिइएको छ । लगभग १३९ किमी को उक्त्त कार ¥याली अन्तराष्टिय खेलको नियम र परिधि भित्र रहि सञ्चालन गरिने भएको छ । भने प्रतियोगितामा सहभागिता जनाउने लाई प्रथम कार चालकलाई भारु ५०००० दाश्रो लाई २५००० र तेश्रोलाई रु १०००० र सहभागिलाईइ ट्रफिहरु प्रदान गरिने भएको छ ।
सिलगुडिबाट सञ्चालन गरिने सिटि सेन्टरबाट स्थानिय समयअनुसार विहानको ८ वजे बाट शुरु हुने उक्क्त ¥याली काकरभिट्टा नाकाबाट प्रवेश गर्ने ¥याली बिर्तामोड , दमक , उलावारी हुदै विराटनगर प्रवेश गर्ने भएको छ । मोरङको हाटखोलाबाट विराटनगर प्रवेश गरेको ¥याली गोल्छा चौक हुदै विराटनगरको ट्राफिक चोकमा मध्यान्न १२ वजे प्रवेश पछि समापन गरिने भएको छ । साथै नेपालका विभिन्न भागमा विभिन्न स्वास्थ्य शिविर , आखाँ परिक्षण झापाको सुरुगां र मोरङको कटहरीमा आखाँ शिविर गरिने लायन्स क्लव डिस्ट्रिक ३२५ ए वान नेपालका लायन लिला कुमार ढुंगेलले पत्रकार सम्मेलन मा जानकारी गराउनुभयो ।
साथै सोही ¥यालीले दुई देशिय लायन हरुको सम्वन्धमा अझ कसिलो र मजवुत बनाई एकिकृत रुपमा प्रगाढ हुने विश्वास गरिएको छ। कार ¥यालीको स्वागतका लागी प्रवेश नाका काकरभिटटा , विर्तामोड, उर्लावारी , कटहरी विराटगर लगायतका विभिन्न स्थानमा मा स्वागतद्धारको निमार्ण गरिने भएको हो । दमकमा रहेको व्रिजबाट ¥यालीलाई स्वागत गर्नका लागी पुष्प बृष्टि गरिने गरि स्वागत गर्ने योजना रहेको साथै स्थानिय बासिन्दाले ¥यालीलार्इ सहयोग गर्न झाँकि को पनि प्रस्तुति रहने छ । साथै कार्यक्रमा सहभागिले आन्तरिक पर्यटनलाई प्रचार गर्नको लागी ¥यालीलाई व्यापक बनाएर धनकुटाको हिले बसन्तपुुर सम्म पु¥याउन माग गरेका छन । साथै कार्यक्रममा सहभागि गर्नका लागी कारका चालक भने सवै महिला रहने लायन्सका लिला ढुंगेलले जारी विज्ञप्तीमा जनाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget