विराटनगर पुस २४
विराटनगर मा आगामी पुस २९ गते पूर्वाञ्चल पिन्सेस र प्रिन्सको पहिलो चरणको छनोट प्रतियोगिता गरिने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । छनोट कार्यक्रममा पूर्वाञ्चलका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्ने निर्देशक तथा कोरीयोग्राफर सजित आलम ले जानकरी दिनुभयो।
छनौट कार्यक्रमबाट २० जना प्रिन्स र २० जना प्रिसेन्स लाई प्रतियोगिता अवधिभर विभिन्न तालिम गोष्ठि तथा सामाजिक क्रियाकलापमा सहभागि गराइने भएको छ । छनौट कार्यक्रम विराटनगर लगायतका धरान, इटहरी र दमकमा समेत गरिने जानकारी गराइएको छ । कार्यक्रमलाई अनुसाशित र मर्यादित र सामाजिक प्रतिष्ठामा समेत सम्मान गरिने भएको छ । पूर्वाञ्चलका कलेजमा अध्ययनरत प्रिन्स र प्रिन्सेसको उत्कृष्ट लाई विजेतालाई स्कुटर र पूर्वाञ्चल प्रिन्सलाई रु ५१००० नगद पुरस्कार प्रद्धान गरिने र अन्य थुप्रै आकर्षक पुरस्कार को समेत व्यावस्था गरिएको छ ।
Post a Comment