Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोरङका एक वृद्धको शव विभत्स अवस्थामा भेटियो


माघ ११, विराटनगर : विराटनगर–४ हिमाली टोलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ। अन्दाजी ६५ वर्षीय राधा घिमिरे (बल्लभ भनिने) को शव निकै विभत्स अवस्थामा उनकै घरमा झुण्डिएको फेला परेको हो। मंगलबार बिहान घिमिरेको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। ‘बेलुका फोन गर्दा उठेन। बिहान पनि अत्तोपत्तो नभएपछि हेर्न आउँदा ढोका खुलै रहेछ। उनलाई भित्र झुण्डिएको अवस्थामा देखियो,’ छिमेकी निर्मल अधिकारीले भने, ‘तत्कालै हामीले प्रहरीलाई खबर गर्‍यौँ, घटनाका विषयमा यसै हो भन्न सकिएन ।’ घिमिरेकाअनुसार मृतकको शरीमा दर्जनौँ चोट छ। हातखुट्टाका नसा काटिएका छन्। झुण्डिएको ठाउँमुनि आरी पनि भेटिएको छ। घटनास्थल आसपासमा जताततै रगत लत्पतिएको देख्न सकिन्छ। खबर पाएपछि तत्काल घटनास्थलमा पुगेको प्रहरीले अहिले नै केही भन्न नसकिने बताएको छ। शवको पोष्टमार्टम गर्ने तयारी भइरहेकाले त्यसअघि केही भन्न नसकिने मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारी बताउँछन्। मृतकका एकमात्र छोरा, बुहारीसँगै विराटनगरको मधुमारास्थित ससुरालीमा छन्। छिमेकीका अनुसार केहीदिन अघि उनीहरुबीच झगडा भएको थियो। त्यसयता छोरा श्रीमतीसहित ससुरालीमै बस्दै आएको बताइएको छ। मृतककी श्रीमतीलाई उपचारार्थ भारतको सिलगुढी लगिएको छ भने, छोरी अष्ट्रेलियामा छिन्। मृतक घिमिरे जिल्ला मालपोत कार्यालय मोरङका अवकाश प्राप्त नायक सुब्बासमेत हुन्। उनी केही दिनयता घरमा एक्लै थिए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget