सर्लाही माघ २ :नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको रचनात्मक विभागले दलित वस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। विभागकी प्रमुख आरती लामाको पहलमा जानकीनगर, पिडारी र लक्ष्मीपुरका विपन्न दलित परिवारका बालबालिकालाई कपडा वितरण गरिएको हो। स्कुले बालबालिकाहरुलाई दुई सय जोर स्वेटर र टोपी बिहीबार वितरण गरिएको लामाले जानकारी दिइन्। प्रदीप केसीले उपलब्ध गराएका न्यानो कपडा वितरण कार्यक्रमको व्यवस्थापन क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीले गरेको थियो।
सर्लाहीको दलित वस्तीमा एमालेले बाँड्यो न्यानो कपडा

Post a Comment