विराटनगर पुस २५
नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन आजदेखि विराटनगरमा शुरु भएको छ । तिनदिन सम्म विराटनगरमा चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने बताइएको छ । विराटनगर स्थित विरेन्द सभागृहमा भएको जिल्ला अधिवेशनको पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गर्ने कार्यक्रम गनुभयो । उद्घाटन सत्रमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायतका नेताहरुले समेत सम्वोधन गर्नुभयो । यसवर्ष अध्यक्ष पदकालागि प्यानल वनाएर महेश रेग्मी र विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।
रेग्मी माधव नेपाल प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका हुन् भने ढकाल पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीको प्यानलको नेतृत्व गर्दै अध्यक्षका उम्मेदवार बनेका हुन् । यसै विच ढकाल पक्षले आज विहान पत्रकार सम्मेलन गरि प्यानलको घोषणा गरेको थियो । ढकाल समुह बाट उपाध्यक्षमा रामलाल शाह, सचिवमा ऋषिकेश पोखरेल र उपसचिवमा धना तामाङलाइ अघि सारेकोछ । अधिवेशनका लागी ८ सय ८२ प्रतिनिधि चयन भएका छन भने सवै प्रतिनिधिहरु अहिले विराटनगर आउनेक्रम जारि छ ।जसको लागी ५०० जना स्यमसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
Post a Comment