Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विद्यालयलाई सहयोग हस्तान्तरण


दमक माघ, ९,/ झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई रु  ५० हजार सहयोग प्रदान गरेको छ ।
होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग गरेको हो । होस्टेलको अगुवाइमा हालै अति विपन्न, बिरामी र असहाय विद्यार्थीको घर र विद्यालयमा पुगी स्थलगत अध्ययन गरेर छनोट गरिएका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सो सहयोग हस्तान्तरण गरिएको होस्टलका संस्थापक तथा निर्देशक अजितलाल दासले बताउनुभयो  ।
यसरी सहयोग प्राप्त गर्ने विद्यार्थीमा शिवसताक्षी भानु मावि कक्षा ११ मा अध्ययनरत गङ्गा घिमिरे, आदर्श मावि कोरोबारीमा कक्षा ८ मा अध्ययनरत लखिमुनी किस्कु, दमक–१३ स्थित पशुपति संस्कृत माविमा कक्षा ६ मा अध्ययनरत विर्सिखा केरुङ (लिम्बू) र दमक–१० स्थित मेची बोर्डिङ स्कुलमा अध्ययनरत रीमा राई रहनुभएको छ  । उच्च मावि तहमा अध्ययनरत भएकाले घिमिरेलाई भने रु १४ हजार र अन्य तीनजनालाई रु १२ हजारका दरले सहयोग प्रदान गरिएको हो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget