Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगर गुरुकुलमा झ माने झण्डा मंञ्चन हुने


विराटनगर, ११ माघ रोशन पोखरेल । आरोहण गुरुकुल विराटनगरमा माघ १५ गते देखि झ माने झण्डा नाटक मंञ्चन हुने भएको छ । विराटनगर गुरुकुल कै आयोजनामा युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेको सो नाटक माघ २३ गते सम्म हाटखोला स्थित सुशिला कोईराला नाटकघरमा मंञ्चन हुन लागेको हो । दैनिक अपराह्न साढे ४ बजे सो नाटक मंञ्चन गरिने आयोजकले जनाएको छ । नाटकमा हामी र हाम्रो मानसिकताको मनोभाव, सिंगो देशको हालको याथार्थ चित्रण प्रस्तुत गर्न खोजिएको निर्देशक कामतले बताए । नाटकमा भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गिता कोईराला, निदेश आचार्य, कौशिला कामत, श्रीमती सुवास विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नाटकमा प्रकाश तथा ध्वनी परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर रु १०० र २०० तय गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर रु ७० को टिकट खरिद गर्न सक्नेछन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget